काठमाडौं । नेपाली कांग्रेसले सिके राउतसँग भएको ११ बुँदे सहमतिको साझा व्याख्या गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेसले बुधवार पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको दोश्रो बुँदालाई आधार बनाएर राउतले सरकार जनमत संग्रहमा सहमत भएको भन्ने भनाई प्रति कडा आपत्ती भएको बताए ।
प्रवक्ता शर्माले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको भन्दै कांग्रेसले सरकारले यसलाई तत्काल सच्याउनुपर्ने वा दुबै पक्षको संलग्नतामा साझा व्याख्या गर्नुपर्ने माग गरेका छन ।
जनमतसंग्रहकै अर्थ लाग्ने भन्दै सरकार षड्यन्त्रमा फसेको हो वा सरकार स्वयं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो भन्ने प्रश्न उब्जिएको उनको भनाई थियो ।
जनकपुरमा स्वतन्त्र मधेसको ब्यानरसहित प्रदर्शन भएको तीन दिन बित्दासमेत सरकारले सामान्य प्रतिक्रिया जनाउनु रहस्यमय भएकोमा कांग्रेसको ध्यानाकर्षण भएको बताएको छ ।
प्रवक्ता शर्माले तराइ मधेसमा देखिएको असन्तुष्टि हल गर्ने मूल बाटो संविधान संशोधन नै हो भनेका छन ।
पछिल्लो समय नेपाली राजनीतिक बृतमा सिके राउतसँग भएको सहमतिलाई लिएर विभन्न राजनीतिक दलहरुले सरकारलाई विभिन्न प्रश्नहरु तेर्साएका छन ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामा कुनै जनमत संग्रह वा बहष हुन नसक्ने बताईसकेका छन ।
Categorized in राष्ट्रिय