३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको हलचोकमा एक महिलाको हत्या, एक पक्राउ


प्रकाशित: मंगलवार, २८ फागुन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको हलचोकमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ । 


नागार्जुन–५, पाँचधारा हलचोकमा ४५ वर्षीया निरमाया चेम्जुङ मृत भेटिएकी हुन । 


प्रहरीको प्रारम्भिक  अनुसन्धानमा हत्या आरोपमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा पक्राउ परेका छन । 


प्रहरीका अनुसार मंगलबार बिहान ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी चेम्जुङ मृत भेटिएकी थिइन ।


प्रहरी अनुसन्धानका क्रममा सोमबार राति निरमाया अभियुक्त थापाको कोठामा जाँदा भएको वादविवाद चेम्जुङ पेटमा लात्तीले हानेर बेहोस बनाएको देखिएको प्रहरीले जनाएको छ । 


प्रकाश र निरमायाबीच विगत दुईरतीन वर्षदेखि चिनजान भएर एकअर्काको कोठामा आवतजावत हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex