काठमाडौँ । दलित महिला दलित महिला सङ्घले दलित महिला तथा बालवालिका बढि संख्यामा बलात्कारको चपेटामा परेको तथ्यांक सार्वजनिक गरेको छ ।
संघले बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको जनाएको छ । बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन ।
संघका अनुसार दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि हत्या गरेको पाएको छ ।
१०९औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा सोमबार आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन ।
कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिको करीब जनसङ्ख्याको अनुपात बराबर बलात्कारका घटना भएका छन भने दलितको हकमा भने जनसङ्ख्याको दोब्बर प्रतिशत रहेको देखिन्छ ।
सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीमाथि हेपाह मानसिकता भएकोले दलित युवतीमाथि बलात्कारका घटना बढेको जिकिर गरे ।
नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार महिलामाथि घरेलु हिंसा बढिरहेको र सन २०१८ को सर्वेक्षणअनुसार ३७ प्रतिशतले घटना बढेको छ ।
दलित महिला सङ्घकी पूर्वअध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताईन ।
Categorized in समाज