काठमाडौं । नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बाके र नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको प्रथम वार्षिक साधण सभा सोमबार सम्पन्न भएको संघले जनाएको छ ।
बाके उप माहानगरपालिका वडा नं. १० स्थित नेपालगन्जको गणेश मान शिह चोकमा साथि कृष्ण काटेजको वैठक कक्षमा सभा सम्पन्न भएको थियो ।
जिल्ला समितिका उपाध्यक्ष श्री सन्त राम चौधरीको सभापतित्वमा सम्पन्न सो सभामा बाके जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्री आतंक बस्नेतले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।
विशेष अतिथि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोल को रोहवरमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको नयाँ कार्य समितिको चयन पनि गरिएको थियो ।
अध्यक्षमा गिरिराज भुसालको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । समितिका उपाध्यक्षमा कृष्ण ओलि, उपाध्यक्ष बिजय लम्साल, सचिव चन्द्र बोहरा , कोषाध्यक्ष आनद घिमिरे तथा सदस्यहरुमा बिनोद सिह सिजापति , प्रमिला बोहरा , मधु भुसाल , नुत्तम भारती , श्यामा यादव, सन्त राम चौधरी , रस्मिता पौडेल तथा मा हुसन हलुवाइ निर्वाचित भएका छन ।
Categorized in मनोरन्जन