३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राजोपाध्याय समाजद्धारा कलाकार सुशिल राजोपाध्याय सम्मानित


प्रकाशित: सोमवार, २७ फागुन २०७५, ०९ः०० बजे
- करुण

उपत्यकाका आदिवासी राजोपाध्याय ब्राम्हणहरुको छाता संगठन राजोपाध्याय समाजको पाँचौँ साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । कलाकार एवम् साहित्यकार सुशील राजोपाध्यायको सम्मान गर्दै समाजको साधारण सभा सम्पन्न भएको हो ।


लामो समयदेखि साहित्य र कलाकारिता क्षेत्रमा निरन्तर योगदानको कदर स्वरुप कार्यक्रममा कलाकार, साहित्यकार राजोपाध्यायलाई सम्मान गरिएको थियो । राजोपाध्यायलाई समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले दोसल्ला ओढाउनुभयो भने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्मानपत्र प्रदान गर्नुभयो ।


सम्मान ग्रहण गर्दै राजोपाध्याले सम्मानले आफुलाई जिम्मेवारी थपिएको महसूस भएको बताउनुभयो । आफुलाई सम्मानसँगै स्तरीय रचना र प्रस्तुतिका लागी हौसला मिलेको राजोपाध्यायले बताउनुभयो ।
मन्तव्यको क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको जिम्मा ठेक्कापट्टामार्फत ठेकेदारलाई गराईंदा अलपत्र परेको बताएका छन् । श्रीलंका सरकारको सहयोगबाट पुनर्निर्माण हुँदै गरेको बुङ्गमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिरम पनि टेण्डर प्रक्रियाबाट ठेक्कापट्टामा काम गराईँदा अलपत्र परेको उहाँको भनाई थियो । महानगर स्वयम्ले पुनर्निर्माणको जिम्मा पाए गुणस्तरिय निर्माण हुने उनको दावी छ ।


सोही कार्यक्रममा २०७४ को एसइइ परीक्षा उत्तीर्ण गरेका राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । साधारण सभामा समाजका महासचिव बिराजकाजी राजोपाध्यायले समाजको वार्षिक कार्य प्रगती विवरण प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष जयन्ती राजोपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । 


कार्यक्रममा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णलाल राजकर्णिकार, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार लगायतले विभिन्न जातीय समुदायबीचको एकताबाट समृद्ध समाजको निर्माण गर्न सकिनेमा जोड दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex