काठमाडौं । नेपाल तरुण दलले रुपन्देहीको देवदहमा गए राति आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा चक्काजाम गरेको छ ।
दिउँसो २ बजेदेखि तरुण दललले देवदह क्षेत्रमा मुख्य राजमार्ग अवरुद्ध पारेका छन ।
देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद हुँदा अनिसको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार सो विवादमा पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गर्दा उनको मृत्यु हो ।
उनी नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन । सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।
घटनाको अनुसन्धान गर्न प्रहरीले ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुरीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
Categorized in समाज