काठमाडौं । प्रहरीले धादिङको गजुरीबाट १०५ केजी गाँजासहित ३ जनालाई आईतबार विहान पक्राउ गरेको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन ।
प्रहरी टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनसार धादिङको उक्त लागु औषध पोखरेखोलाबाट गाडीमा हालेर ल्याइएको थियो ।
Categorized in समाज