काठमाडौं । बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ ।
शुक्रबार साँझ भएको सो बिस्फोटबाट चार तले घरको पहिलो तलामा क्षति पुगेको छ । यस्तै पार्किङ गरी राखिएको गुरूङको ल्याण्ड क्रुजर गाडी पनि जलेको छ ।
प्रहरीका अनुसार बम विस्फोट गराउने समुहको यकिन नभएको बताएको छ ।
विस्फोटनमा परि ४ जना घाईते भएकोका ममता गौतम र दीवकार गुरुङको नाम खुलेपनि अन्य २ को नाम खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि विप्लव समूहले शक्तिशाली बम बिस्फोट गराएको थियो । बिस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
Categorized in समाज