काठमडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरण अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठित गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वको विशेष समितिको म्याद जेठ ५ गते सँकिदैछ ।
समितिले अहिले सम्म ६३ आरोपी मध्ये ३३ नियन्त्रणमा लिई मोरङमा जिल्ला अदालतमा जारी ‘थुनछेक बहष’मा प्रतिवादीतर्फका वकिलहरुले बहष गरिरहेको छ भने सरकार तर्फबाट बहष सकिसकेको छ ।
समितिले पछिल्लो अनुसन्धानमा सो सुन तस्करी प्रकरणमा संग्लन थप अभियुक्तहरुलाई धमाधम समात्ने कार्यसँगै सोसँग जोडिएको अनेकन पाटाहरु पनि बाहिर ल्याउने काम गरिरहेको छ ।
जेठ ५ गते म्याद सकिन लागेपनि म्याथ थपिने विश्वास समितिले लिएको छ । यसबिचमा धेरै कुराहरु बाहिर आउने स्रोतले बताएको छ । समितिका एक सदस्यका अनुसार मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ र हराएको भनिएको ३३ केजी सुन खोजी कार्यलाई तीब्र भएको जनाएको छ ।
यता प्रतिवादीतर्फका बकिलहरुले मुद्दाको मुख्य विषय रहेको ३३ केजी सुन अदाललत समक्ष पेश नभएकोले ठोस प्रमाणको अभावको जिकिर गर्दै आरोपीहरुलाई छोड्न अदालतसमक्ष माग गरेको छ ।
हराएको सुन र मुख्य अभियुक्त गोरे नभेटिँदा मुद्दा कमजोर हुने प्रवल सम्भावना रहेको कानुन व्यवसायीहरुले वताएका छन् ।
Categorized in राष्ट्रिय