काठमाडौं । १०९ औं अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाल ओलम्पिक कमिटि (एनओसी) अन्तर्गतको महिला स्पोट्र्स कमिसनले २ महिलालाई नगदसहित सम्मान गरेका छन ।
कमिशले शुक्रवार आयोजित कार्यक्रमा ब्याटमिन्टनका पुर्व महिला खेलाडी राजदेवी मानन्धर र राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी ललिता पनेरुलाई नगदसहित सम्मानित गरेको हो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवन राम श्रेष्ठ र कमिसनका अध्यक्ष ज्योति राणाले मानन्धर र पनेरुलाई समान २५÷२५ हजार र सम्मान पत्रबाट सम्मान गरेका थिए ।
एनओसी भवनमा आयोजित सो कार्यक्रममा कमिसनले दुवैलाई नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै महिला दिवसमा सम्मान गरिएको जनाएको छ ।
मानन्धर बिस २०२८ सालबाट नेपाली ब्याटमिन्टन खेलमा संग्लग्न रहेकी छिन । यस्तै पनेरु राखेपमा काम गर्ने पुरानो महिला कर्मचारी हुन ।
सांसद श्रेष्ठ तथा एनओसी अध्यक्ष श्रेष्ठले २१ औं शताब्दीमा पनि महिलाहरुमा विभेद भईरहेको र महिला सशक्तिकरणमा सन २०३० सम्म आमुल परिवर्तन हुने बताए ।
सांसद श्रेष्ठले उनले पुराना महिला खेलाडी र कर्मचारीलाई सम्मान गरेकोमा कमिसनलाई धन्यवाद समेत दिए ।
Categorized in मनोरन्जन