१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सामाजिक कुरितीले महिलाप्रति सम्मान चुनौतिः प्रधानमन्त्री ओली


प्रकाशित: शुक्रवार, २४ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिएका छन । 


प्रधानमन्त्री ओलीले महिलाको सम्मान गर्ने हाम्रो समाजमा अहिले विभिन्न सामाजिक कुरितीका कारण महिलाप्रतिको सम्मान चुनौति भएको बताएका छन । 


परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका प्रम ओलीले बताए । 


उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन । 


प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन । 


प्रम ओलीले लैङ्गिक हिंसा तथा गरीबीको प्रभाव महिलामा बढी परेको र यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सङ्कल्प साकार नहुने उल्लेख गरे । 


महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको सन्देशमा उल्लेख छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex