१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

खाडी मुलुकमा महिलालाई रोजगारी प्रतिबन्ध बेचविखनको कारणः एटविन


प्रकाशित: शुक्रवार, २४ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । महिला तथा बालवालिका बेचविखनविरुद्ध सहकर्मी समूह –नेपाल (एटविन)ले नेपाल सरकारले खाडी मुलुकमा महिलालाई रोजगारीमा लगाएको प्रतिवबन्धको कारण बेचविखन हुने गरेको ठहर गरेको छ । 


एटविटनले विहिवार जारी गरेको विज्ञप्तीमा वेचविखनका विभिन्न कारक तत्वहरु भएपनि सरकारले नेपाली महिलाहरुलाई खाडी मुलुकमा रोजगारीको लागि प्रतिबन्ध गरेको कारण भएको जनाएको छ । 


केही साता अघि भारतको मणीपुर हुँदै खाडी मुलुक जान लागेका १७९ महिला तथा पुरुषलाई गरिएको नेपाल सरकारले सकुशल उद्धार गरको धन्यवाद ज्ञपान गर्दै सो घट्नाप्रती गम्भीर ध्यानाकर्ष भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 


विज्ञप्तीमा भनिएको छ,‘ उक्त घट्नाले मानव वेचविखन तथा ओसारपोसारको अवस्था तथा राज्य लगायत अन्य सरोकारवालाहरुले थप सक्रियताका साथ एकजुट भएर लाग्नुपर्ने देखाएको छ ।’


एटविन अध्यक्ष अन्जना शाक्यद्धारा जारी सो विज्ञप्तीमा यस किसिमको घट्नाहरु फेरि पनि नहुन दिनको लागि नेपाल सरकारसँग यी मागहरु पेश गरेका छन । 


विज्ञप्तीको पूर्णपाठ ः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex