४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मखन टोलमा भीषण आगलागी, एक घाईते


प्रकाशित: विहिवार, २३ फागुन २०७५, १६ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौंको बसन्तपुरस्थित मखन टोलमा विहिवार दिउँसो भीषण आगलागी भएको छ । 


काठमाडौँ महानगरपालिका–१८ स्थित दिउँसो १२ः४५ बजे स्थानीय प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरीले बताएको छ । 


प्रहरी प्रवक्ता उत्तमराज सुुवेदीका अनुसार मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीय तुलाधरको घरमा आगलागी हुँदा ठुलो मात्रामा क्षति भएपनि पुर्ण विवरण आएको छैन ।  


स्थानीयवासी,नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।


आगलागी भएको घर नजिक ग्यास स्टोर भएकोले आगो नियन्त्रण लिन समय लगको थियो । स्थानीयवासीका अनुसार  ग्यास सिलिण्डरहरु विस्फोटन हुँदा सो क्षेत्र आतंकति बनेको थियो । 


आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ । 


आगलागी कारण खुल्ने नसकेको प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex