काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य विगार्ने अनावश्यक र अव्यवस्थित रुपमा राखिएको प्रतिक्षालयहरु हटाउने भएको छ ।
महानगरको बस स्ट््याण्ड अध्ययन कार्यदलका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले बुधवार वसेको बैठकले अनावश्यक प्रतिक्षालयहरु हटाउन निर्णय गरेको बताए ।
संयोजक महर्जनले सहरको प्रतिक्षालय अबलोकनपछि यो निर्णय लिएको जानकारी दिए । उनका अनुसार प्रतिक्षालयहरु मनलाग्दी र अनावश्यक रहेको छ ।
अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँमा, बस स्ट््याण्डको अवलोकन गरेको थियो । संयोजक महर्जनका अनुसार, स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकार सम्पन्न समितिमा प्रतिवेदन दिइनेछ ।
महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा गठित अधिकार सम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल सदस्य रहेका छन ।
त्यस्तै महर्जनको संयोजकत्वमा गठित कार्यदलमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, सडक बिभाग, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि तथा महानगरको कानुन महाशाखा, नगर प्रहरी महाशाखाका प्रमुख र पूर्वाधार बिकास बिभागका इञ्जिनियर सदस्य छन ।
Categorized in समाज