६ भाद्र २०८३, शनिबार
Header

काठमाडौं युनिभर्सिटीमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर


प्रकाशित: बुधवार, २२ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं युनिभर्सिटीमा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । 


ललितपुरको हात्तिवनस्थित युनिभर्सिटीमा सञ्चालनमा ल्याएको उक्त काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, केयुका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयु स्कुल अफ एजुकेसन डिन प्रा.डा.महेशनाथ पराजुली तथा स्कुल अफ आर्टसका डिन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा गरेका छन । 


केयु हात्तिवनलाई काउन्टरको सहयोगबाट रकम जम्मा गर्न र भुक्तानी गर्न सहज हुने बैंकले जनाएको छ । 


बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex