काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पोखराको सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको उडेको केहीबेरमा सराङकोटमा खसेको प्रहरीले जनाएको छ ।
सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक जना विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुईमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए ।
यस अघि सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । सराङकोटबाट उडेका उनी फेवातालमा खसेका थिए ।
Categorized in समाज