३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सङ्घीय समाजवादी नेवाः संघद्धारा कमलपोखरी अतिक्रमणको भत्र्सना


प्रकाशित: मंगलवार, २१ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । सङ्घीय समाजवादी नेवाः संघले सोमबार एक विज्ञप्ती जारी ऐतिहासिक कमलपोखरी अतिक्रमणको कडा निन्दा गरेको छ । 


विज्ञप्तीमा भनिएको छ, ‘ काठमाडौं ठमेल थँबहिल स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा कंक्रिटको भवन निर्माण गरेको हो र अतिक्रमण गर्ने भूमाफियाहरुलाई कानूनी दायरामा ल्याएर सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत नेवाः राजनीतिक अभियान र विभिन्न मिडियाहरुले उठाइरहेको जायज आन्दोलनप्रति हाम्रो नेवाः संघको पनि ध्यानाकर्षण भएको छ” भन्दै सो कम्प्लेससित सम्बन्धित निकायहरुबाट यथाशिघ कानूनी उपचारका लागि भूमिका खेल्नका लागि अनुरोध गर्दै आन्दोलनकारी साथीहरुप्रति सम्मान प्रकट गरेको छ । 


विज्ञप्तीबारे बोल्दै संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेवाःहरुको हरेक गतिविधिमा नेवाःहरुको हरेक समस्यामा आफ्नो साथ रहेको बताएको छ । 


उनले दीप, छाँयादेवी कम्प्लेस, सप्तपाताल, बुङमति लगायतका विविध समस्याहरुमा आफ्नो साथ हुने बताए ।  


छायाँ देवी कम्पलेक्स प्रा.लि.ले निर्माण गरेको छायाँ सेन्टरको विरोधमा सरोकारवाला, सम्पादा अभियन्ता र स्थानीयहरु विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आईरहेको छ । 


यसैविच सङ्घीय समाजवादी नेवाः संघको मूल समितिको सोमबार नरदेवी काठमाडौंमा सम्मेलन सम्पन्न भएको छ । 


उक्त नेवाःसंघका इन्चार्ज शाक्य सुरेनले नयाँ समितिलाई सो कार्यक्रममा पेश गरेर शपथ ग्रहण गराएका थिए ।


पुनर्गठित समितिमा पुरानै अध्यक्षलाई कायम गरी नयाँ सदस्यहरु सहित ४१ जनाको सर्वसहमतिमा पारित गरिएको छ । सो कार्यक्रममा पवित्र बज्र्राचाय, डा.पुष्पराज राजकर्णिकार, न्हूँछेलाल महर्जन, मनरत्न शाक्य, सिद्धि बहादुर जोशी, प्रेरणा शाक्य, नवीन श्रेष्ठबाट शुभकामना ब्यक्त गर्नुभएको थियो ।


त्यस्तै स्वागत मन्तब्य उपाध्यक्ष खगेन्द्र बहादुर जोशी, धन्यवाद ज्ञापन उपाध्यक्ष शेषनारायण महर्जन, आर्थिक प्रतिवेदन पूर्व कोषाध्यक्ष बेखामान अवाले र राजनीतिक प्रतिवेदन अध्यक्ष सत्यनारायण डंगोल (सभाध्यक्ष) बाट प्रस्तुत गरिएको थियो ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex