काठमाडौं । नेपाली सेनाका कञ्चनपुरको २५ नं. बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले आत्महत्या गरेका छन ।
उनले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको छ ।
प्रहरीले आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउने भएको छ । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।
Categorized in समाज