काठमाडौँ । पूर्व अर्थमन्त्री एंव नेकपा नेता स्व. भरतमोहन अधिकरीको पार्र्थिव शरिरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेको हो ।
अहिले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको छ ।
अधिकारीको शनिवार राती ८२ बर्षको उमेरमा निधन भएको हो । तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेको क्रममा हिजो उनको अवस्था नाजुक रहेको अस्पताले जनाएको थियो ।
पूर्व उपप्रधान मन्त्री समेत रहेका अधिकारीको राती ९ः४५ बजे निधन भएको अस्पतालले बताए ।
अस्पतालका अनुसार अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो। ।
एक कुशल अथमन्त्रीको रुपमा चिनिने स्व. अधिकारीले तत्कालिन समयमा वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना ल्याएका थिए ।
उनकै पालमा भत्ता दिने व्यवस्था लागु भएको थियो । अस्पतालमा सुत्केरी हुनेले हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन ।
Categorized in राष्ट्रिय