काठमाडौं । धनिको सुचि प्रकाशित गर्ने बहुचर्चित पत्रिका फोर्ब्स म्यागजिनको सुचिमा २ नेपाली महिला उधमी परेको छ । एशियाका ‘३० मुनिका ३०’ मा दुई नेपाली महिला उद्यमी सामाजिक उद्यमशीलता विधामा नेपालका आयुषी केसी र कञ्चन अमात्य छनोटमा परेका छन् ।
केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी डट कम’ की संस्थापक हुन् भने अमात्य ‘दिगो माछा खेति अभियान’ नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् ।
फोर्ब्सले प्रस्तुत गरेको केसीको प्रोफाइलमा भनिएको छ, ‘आयूषी केसी नेपालमा जिरो(वेष्टतर्फ काम गरेर संसार बदल्न खोजिरहेकी छिन् । पूर्व यूएसएआइडीकी कर्मचारीबाट सामाजिक उद्यमी बनेकी केसीले खालीसीसी म्यानेजमेन्ट प्राली स्थापना गरेकी छिन, जसको सम्पर्कमा अहिले १३ सय जना कवाडी संकलनकर्ताहरु छन् ।’
त्यस्तै अमात्यको प्रोफाइलमा भनिएको छ, ‘अमात्य दिगो मत्स्य खेती अभियानकी एक अभियन्ता र उद्यमी हुन् । उनको संगठन दिगो जलीयकृषि मार्फत खाद्य असुरक्षा र गरीबीको समाधानमा केन्द्रित छ । ग्रामीण महिलाहरुलाई वित्त, प्रविधि, स्थानीय साधन र तालिम प्रदान गरेर आफ्नै साना उद्यम सञ्चालन गर्न यसले सक्षम बनाउँछ ।
अमात्यको कामलाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र संयुक्त राष्ट्रसंघले पनि सह्राहना गरेका थिए । उनले महिलाको आर्थिक शशक्तिकरणका लागि राष्ट्रसंघीय ग्लोबल च्याम्पियनका रुपमा पनि काम गर्छिन् ।
यस्तै ३० वर्षभन्दा कम उमेरका प्रभावशाली एशियाली युवा उद्यमीहरुको सूचीमा इको सेलका तीन युवा समूह पनि अटाएका छन् ।
सचित पण्डित, निशान चण्डी श्रेष्ठ र सुवास श्रेष्ठको इको सेलले वातावरणमैत्री भूकम्प प्रतिरोधी भवन निर्माण सामाग्री उत्पादन गर्छ ।
उनीहरुले २०७२ बैशाखको विनाशकारी भूकम्पपछि यो अवधारणा अन्तरगत सामूहिक रुपमा काम गर्दै आएका छन् ।
उनीहरूले आउँदो जुलाईमा हङकङमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । सम्मेलनमा सहभाभागी हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक अर्काको अनुभव आदानप्रदान गर्न पाउनेछन् ।
Categorized in राष्ट्रिय