४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विप्लवका १७ जना कार्यकर्ता सिन्धुपाल्चोकबाट पक्राउ


प्रकाशित: शनिवार, १८ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ । 


चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो । 


पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी, धनबहादुर श्रेष्ठ लगायतका छन ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


यस अघि १० फागुनमा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex