काठमाडौँ । बागबजार– भक्तपुर चल्ने बा ४ ख २७२४ बसमा यात्रुहरुले खानेकुरा किन्न पनि पाउँनुका साथै खानेकुराबाट निस्कने फोहरको लागि डस्टविनको व्यवस्था समेत गरेको छ ।
काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्ने सो गाडीका चालकले यात्रुहरुलाई स्वागत गर्दै सूचना प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद
एउटा समान्य मिनिवसमा यात्रुहरुप्रति गरिने व्यवहार एकदमै यात्रुमैत्री रहेको छ । यात्रु गाडी भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन ।
वस काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटलहुदै ब्यासी रुटमा चल्दै आएको छ ।
बस चालक भक्तपुरका गंगाराम खाइजु हुन । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोहि यात्रुले किनेर खान सक्छन ।
सो बाट निस्कने फोहर जन्य पदार्थको लागि प्लास्टिकका बोतल, चाउचाउको खोलको लागि ढाकै छेउमा डस्टविन राखिएको छ ।
बसको अघिल्तिर भित्ताको प्लेकार्डमा लेखिएको छ – ‘फलफूल, कुरकुरे, लेज, बदाम तथा अन्य खाद्यवस्तुबाट बोक्रा, प्लाष्टिकजस्ता फोहोर वस्तु डष्टविनमा हाली आफूलाई सभ्य नागरिकको पहिचान दिऊ ।’ ‘पानी प्रति बोतल रु २० तथा चाउचाउ प्रति प्याकेट रु २० मा उपलब्ध छ ।’
वसमा अरु सन्देशमूलक प्लेकार्डहरु यस्ता छन –‘गाडीबाट निस्कने फोहोर धुलोलाई जथाभावी नफालौँ, प्रत्येक गाडीमा डस्टबिनको प्रयोग गरौँ, व्यवसायी चालक सहचालकज्यूहरुलाई अनुरोध गर्दछु । धन्यवाद’ । ‘गाडी भाडा आफू चढेको ठाउँ भनेर चालकलाई दिनुहोला ।’ रु एक हजार तथा रु ५०० को रकम भए खुद्राको लागि पहिले नै चालकलाई भन्नुहोला ।’
यस किसिमका सन्देश र चालकको व्यवहारप्रति बसका चढ्ने यात्रुहरु खुसी छन भने अन्य बसहरुमा पनि यस्तै सेवा पाए हुने आशा राखेका छन ।
Categorized in समाज