१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

हेलिकप्टर दुर्घट्नमा पर्यटनमन्त्री रविन्द्र अधिकारसहित ७ जनको मृत्यु


प्रकाशित: बुधवार, १५ फागुन २०७५, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घट्नामा पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ । 


बुधबार दिउँसो ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा परि मृत्यु हुनेहरुमा पाइलट प्रभाकर केसी, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए । 


उनीहरु सबै सब ६ जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएको छ । 


फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले नगरपालिकाको वडा नम्बर १० मा पर्ने सिस्ने खोला सिरान दारे भीरमा दुर्घटना भएको प्रहरी अधिकारीले जनाएको छ । 


नेपाल नागरिक उड्यायान प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजे हेलिकप्टर दुर्घटनामा परेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex