४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

धर्म परितर्वनको अभ्यास गलतः नेता थाप


प्रकाशित: बुधवार, १५ फागुन २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले धर्म परिवर्तनको अभ्यास गलत भएको बताएका छन । 


नेता थापाले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिरमा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’मा सहभागी हुने क्रममा सो कुरा बताएका हुन । 


कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएकोले धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने नेता थापाले बताए । 


उनले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 


तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए ।


सो महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथा वाचन रहेको छ । सो महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex