काठमाडौंं । काठमाडौं सहर सुरक्षित र व्यवस्थित बनाउनको लागि विपत सरक्षा कार्ययोजना पत्र काठमाडौं महानगरपालिकाले तयार पारेको छ ।
महानगरले बिपद्का समयमा हरेक समाजलाई सुरक्षित र व्यवस्थित गर्ने कार्ययोजना तयार पारेको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताए ।
मेयर शाक्यले कार्ययोजनाले सेन्दाइ फ्रेमवर्कमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुने बिश्वाश व्यक्त गरेका छन । सोमबार संयुक्त राष्ट्र संघीय बिपद क्षति न्युनीकरण कार्यक्रम पत्र तयार गरिएको मेयर शाक्यले बताए ।
सेन्दाइ फ्रेमवर्क कार्यान्वयनका लागि सन् २०१५ देखि २०३० सम्म सञ्चालन हुने दिगो तथा उत्थानशील सहर नमूना परियोजनाबाट काठमाडौंबासीलाई म सुरक्षित छु भन्ने विश्वास दिलाउने मेयर शाक्यको भनाई छ ।
यसको कार्यान्वयन शुरु भएपछि बिपद् सुरक्षा र व्यवस्थाका परिणामहरु आउन थाल्नेछन्, मेयर शाक्यको भनाइ छ । मेयर शाक्यले कार्ययोजना संयुक्त राष्ट्र संघीय बिपद क्षति न्युनीकरण कार्यक्रम, दक्षिण एशिया प्रतिनिधि तेजास पटनायकलाई बझाए ।
त्यसैगवरी पत्रसहितको कार्ययोजना बुझ्दै दक्षिण एशिया प्रतिनिधि पटनायकले स्थानीय, सरोकारवाला र बिज्ञसँगको छलफलपछि तयार पारिएको कार्ययोजनाले ठोस परिणाम ल्याउने आशा गरिएको बताए ।
युरोपियन आयोग, युनाइटेड नेशन्स अफिस फर डिजास्टर रिक्स रिडक्सन र सिड्सको सहयोगमा काठमाडौं महानगरपालिकाले कार्ययोजना तयार पारेको हो । यस क्रममा गएको असोज १६ देखि १८ गतेसम्म “जलबायु परिवर्तन अनुकुलन तथा विपद् क्षति न्युनीकरण कार्ययोजना कार्यशाला” आयोजना गरिएको थियो ।
यससँगै बिपद् क्षति व्यवस्थापनका सिद्धान्त, समस्यासँग जुध्ने क्रममा प्राप्त भएका अन्तरराष्ट्रिय सिकाइ र आफ्नो बस्तुस्थितिको व्यवहारिकताको बिश्लेषण गरिएको थियो । त्यस्तै सहरी विकास व्यवस्थापनका अभ्यास, जोखिमका अवस्थाहरु, बिगतका सिकाइ र अनुभव, बिश्वव्यापी क्षति व्यवस्थापन अभियानका सामाग्री तथा बिधिको सिकाइमा छलफल गरिएको थियो ।
आपद आइलागेपछि व्यक्तिमा तनाव सृजना हुन्छ । यस प्रकारको तनावसँग जुध्न व्यक्ति र समुदायको आचरणमा परिवर्तन ल्याउन आवश्यक छ । यो आवश्यकता पूरा गर्न कार्ययोजनामा कार्यक्रमहरु राखिएका छन् ।
त्यस्तै बिपत्तिको जोखिम घटाउन बिकास र व्यवस्थापनमा काम गर्ने निकाय तथा कामका बीचमा सम्बन्ध स्थापित गर्ने, समस्यालाई समाधान गर्न चरण चरणमा काम गर्ने क्षमता बढाउने, खाद्य बस्तुको उत्पादन, उपलब्धता र भण्डारण, आर्थिक, सामाजिक, भौतिक तथा मानवीय क्षतिका तत्कालीन, मध्यकालीन र दीर्घकालीन काम, अस्पताल, विद्यालय जस्ता सार्वजनिक भौतिक संरचनाको सुधार र समुदायको क्षमता विकासमा कामका काम समेटिएका छन् ।
सहरहरु ज्ञान, सीप तथा क्षमता प्रस्तुत गर्ने, आर्थिक सामाजिक तथा सांस्कृतिक चालचलन गर्ने तथा बिचार निर्माण गर्ने केन्द्र हुन् । यसकारण सहरहरुमा मानिसको बसोबास चाप बढ्दै गएको छ । नगरमा मानिसको चाप जति बढ्दै जान्छ, जोखिम सम्बेदनशीलता पनि उत्ति नै बढ्दै जान्छ ।
यस प्रकारका विश्वव्यापी समस्यासँग जुध्न विश्वका २० वटा र दक्षिण एशियाका ५ वटा सहरमा काम भइरहेको छ । दक्षिण एशियाली सहरहरुमा — मंगोलियाको उलानवोटार, नेपालको काठमाडौं, बंगालादेशको नर्थ सिटी, म्यानमारको माओला र इन्डोनेशियाको शिलाक्याप पर्छन् । काठमाडौंसँगै दक्षिण एशियाली यी सहरहरुले पनि बिपद् क्षति न्युनीकरणका लागि समुदायको क्षमता बिकास गर्न कार्ययोजना बनाएका छन् ।
Categorized in समाज