काठमाडौं । बेरोजारको तथ्यांक संकलनका लागि सरकारले ७५३ वटै तहमा रोजगार संयोजक नियुक्त गरेको छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजक चयन गरेको हो । पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर मन्त्रालयले सबै तहका लागि रोजगार संयोजक छनोट गरेको हो ।
सरकारले यस अघि प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ ।
मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट गरेको थियो ।
मन्त्रालयले गत ११ र १२ गते पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर स्कील परीक्षा लिएको थियो ।
रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरुमा खटाउने छ ।
संयोजकले वेरोजगारहरुको तथ्यांक संकलनसँगै रोजगारको लगि परामर्श सेवा प्रदान गर्नेछ ।
Categorized in राष्ट्रिय