४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरमा टयाक्सीभित्रै चालकको रहस्यमय मृत्यु, ४ जना पक्राउ


प्रकाशित: सोमबार, १३ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा एक टयाक्सी चालक टयाक्सी भित्र मृत अवस्थामा भेटिएको छ । 


सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजुको रहेको प्रहरीले जनाएको छ । 


आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजु घर नाएपछि उनका श्रीमति सिर्जनाले प्रहरीलाई जनकारी गराएको थियो । 


प्रहरीले खोजि गर्दा भुजुको शव टयाक्सी भित्र फेला परेको र सो क्रममा चार जना टयाक्सी नजिकैबाट भाग्दै गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । 


पक्राउ पर्नेमा पक्राउ चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका– ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका– १ ट्याङ्थली घर भई हाल चाँगुनारायण– ९ ताँथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताँथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन । 


प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex