१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कांग्रेस पार्टी कार्यालय अगाडी नेविसंघको धर्ना


प्रकाशित: आईतबार, १२ फागुन २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आईतबार कांग्रेस पार्टी कार्यलय सानेपामा धर्ना दिन भएको छ । 


नेविसंघले पार्टी नेतृत्वहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । 


नेविसंघको अध्यक्ष पदको दावी गर्दै आएका पुर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा विद्यार्थीहरले खबरदारी गर्न प्रदर्शन गर्न लागेका हुन ।


यस अघि शाहले एक पत्रकार सम्मेलन गरेर नेविसंघको नेतृत्व माग गर्दै नेविसंघ विचको एकता पनि कायम गर्ने मौका दिन भनेका थिए । 


आज बस्ने कांग्रेस केन्द्रिय समितिको बैठक अगाडी प्रदर्शनकारीहरुले पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex