४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कामपा १५ वडाको सहयोगमा स्वयम्भु प्रहरीवृत्तमा नागरिक सहायता कक्ष स्थापना


प्रकाशित: आईतबार,१२ फागुन, २०७५ ,८ः१५ बजे
- महानगरखबर


काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. १५ को आर्थिक सहयोगमा महानगरिय प्रहरीबृत स्वयम्भूमा नगारिक सहायता कक्ष स्थापना गरिएको छ । 


समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गरिएको कक्षको शनिवार नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले संक्तुतरुपमा उद्घाटन गरे ।


सो सहायता कक्ष तीन लाख २७ हजारको लागतमा कक्ष निर्माण भएको छ । 


समाजमा अपराध नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्न र नागरिकका गुनासालाई तत्कालै सम्बोधन गर्नका लागि सहायता कक्ष सहयोगी बन्ने विश्वास गरिएको महानगरीय प्रहरीवृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । 


प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि मुलुकका ७४७ स्थानीय तहमा समिति गठन भएर सचेतनामूलक कार्यक्रम चलिरहेको छ । 


सो कार्यक्रमा वडा अध्यक्ष डंगोल र नगरपालिका प्रमुख अधिकारीले आ–आफ्नो मन्तव्य राखे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex