काठमाडौं । एक अपरिचि व्यक्तिले अस्पतालमा भर्ना भएका विरामीको लागि जोहो गरेको २ लाख ३९ हजार रुपियाँ ठगी गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका–६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार रुपैयाँ शुक्रबार बिहान ठगी भएको प्रहरीले जनाएको छ ।
बिरामीको उपचारको लागि पैसा लिएर शिक्षण अस्पताल महाराजगंज जाने क्रममा ३८१५ नम्बरको स्कुटरमा सवार अपरिचित व्यक्तिले तपाइको अंकलले मलाई छिट्टै पैसा लिई आउनु भन्नुभएको छ मलाई पैसा दिनु भनी उनीहरुको साथबाट उक्त नगद लिए फरार भएका थिए ।
फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज