४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नख्खु बम विस्फोटका घाईतेहरुको उपचार सरकारले गरिदिने


प्रकाशित: शनिवार, ११ फागुन २०७५, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । नख्खु बम विस्फोटनमा परि घाईतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले गरिदिने भएको छ । 


घाईतेहरुको अवस्था बुझन शनिवार विहान मेडिसिटी अस्पताल पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन । 


गृहमन्त्री थापाले सरकारले घट्नाबारे चाँडै सत्य, तथ्य बाहिर ल्याउन छानविन अगाडी बढाएको जानकारी दिँदै दोषीलाई कार्वाही गर्ने बताए । 


आइजिपी सर्वेन्द्र खनालपनि गृहमन्त्री थापासँगै घाईतेहरुलाई हेर्न गएका थिए । 


हिजो राती करिब ८ बजेको समयमा ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय गेट अगाडी अज्ञात समूहले बम विस्फोटन गराएका थिए ।


सो विस्फोटनमा परि ३ जना घाईते भएका मध्ये  लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex