काठमाडौं । राँगाको आक्रमणबाट काठमाडौंको मच्छेगाउँमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परि शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु हो ।
मर्निङवाकमा निस्केका महर्जनलाई राँगाको आक्रमणमा घाईतेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताए ।
प्रहरीले आक्रमण गर्ने राँगोलाई दहचोक पुराएपछि थप क्षति हुन नदिन गोली हानी राँगाको हत्या गरेको छ ।
प्रहरीले राँगो कसको हो भन्ने खोजी गरिरहेको बताएको छ ।
मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले बेला–बेलामा दुःख दिने गरेका छन ।
Categorized in समाज