काठमाडौं । एनसेल मुख्यालय अगाडी शुक्रवार बेलुका ७ बजेर ५५ मिनेटमा बम विस्फोटन भएको प्रहरीले जनाएको छ ।
विस्फोटनबाट ३ जना घाईते समेत भएको छ । घाईते हुनेहरुमा प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी त्रसित भएको छ ।
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको बुझिएको छ ।
Categorized in समाज