७ भाद्र २०८३, आइतबार
Header

बचंले यसरी सिकायो मातृभाषा प्रेम (भिडियो सहित)


प्रकाशित: शुक्रवार, १० फागुन २०७५, १२ः०५ बजे 
- महानगरखबर

काठमाडौं । नेपाल भाषाको लघु चलचित्र ‘बचं’ (वचन) मा वाल कलाकार क्रिजा श्रेष्ठले मातृभाषको महत्व सिकाएकी छिन । 


चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिक आशिष्मा नकर्मी र बुवाको भूमिका देखिएका नायक राजु महर्जनलाई बालकार क्रिजाले मातृभाषा सिकाउन वचनवद्ध गरेको कथा रहेको छ ।


८ मिनेटको सो चलचित्रमा घरमा अग्रेजीमा मात्र कुरा गर्ने क्रिजाको बाबुआमा एक दिन स्वम्भु घुम्न जाँदा चिनेको एक दाईसँग नेपाल भाषा ( नेवारी) मा कुरा गरेको सुनेर छोरी क्रिजा छक्क परेर हेरिमात्र रहन्छ र उनलाई न्यास्रो लाग्छ । 


घरमा आएर उनले बाबुसँग सो व्यक्तिले गरेको कुराकानी कुन भाषाको भनेर सोधपुछ गर्दै सबै चिज यहाँकै प्रयोग गर्ने तर भाषा किन अरुको भनेर रोएपछि छोराछोरीलाई आफ्नै भाषा, संस्कृति सिकाउनु बुझाउनु पर्दछ भन्ने बाबुआमासँग बल्ल चेत खुल्छ र अबदेखि नेपाल भाषा बोल्ने बचन दिएको कथा समेटिएको छ ।


बागजार सिटिम्याक्स सिने पर्दामा देखाएको सो चलचित्रको प्रिमियर सो विहिवार वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको विशेष आतिथ्यमा गरिएको थियो । 


बरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधारले मातृभाषा दिवशको अवसरमा आयोजित यस कार्यक्रमले दिवशको सम्मान गरेको बताए । 


उनले भने, ‘भाषा, संस्कृति हाम्रो अमूल्य धन हो यसको जगेर्ना गर्न हामीले सिक्नुपर्दछ । भाषा भएमा मात्र हाम्रो अस्तित्व पहिचान हुने हुन्छ ।’


सो कार्यक्रममा फिल्मका निर्माता, लेखक तथा निर्देशक आर्यन नकर्मीले चलचित्रले मातृभाषालाई पछिल्लो पुस्तामा कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा बताएको जानकारी दिए । 


हास्य कलाकार सविन श्रेष्ठ, नेपाल भाषाका चलचित्र निर्देशक रामकृष्ण खड्गी, सुरेन्द्र तुलाधार लगायतको सहभागी रहेका सो कार्यक्रममा वंचका कलाकारहरु क्रिजा श्रेष्ठ, आशिष्मा नकर्मी, राज महर्जन, सोहन मानन्धर, मेकअप म्यान सनमकुमार श्रेष्ठ, टाईटल डिजाईनर दिपेन बस्न्यात, सव– टाईटल लेखक जगत मानन्धर, रेकडिष्ट बालकृष्ण वंशीलाई खादा ओढाएर सम्मान गरिएको थियो । 


नेवाः यूटयुवको विशेष आयोजनामा गरियो सो प्रिमियर शो मा संचालक तथा नेवाः अनलाइनका सम्पादक सुजिब बज्राचार्यलाई खादा ओढाई सम्मान गरिएको थियो । 


नेवाः अनलाइनका ललेन्द्र शाक्यले सञ्चालन गरेको सो कार्यक्रममा नेपालमा भाषाका कलाकारहरु नायिका आराध्यालक्ष्मी खड्गी, रुपेन्द्र श्रेष्ठ, रवि महर्जनलगायतको उपस्थिती रहेको थियो । 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex