७ भाद्र २०८३, आइतबार
Header

अन्तराष्ट्रिय चलचित्र महोत्सव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालद्धारा उद्घाटन


प्रकाशित: विहिवार, ९ फागुन २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । दाश्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन ।


विहिवार राष्ट्रियसभा गृहमा प्रमुख अतिथी रहेको दाहालले महोत्सवको एक डमी खोली महोत्सवको औपचारिक उद्घाटन गरेका हुन ।


उद्घाटनपछि आजदेखि महोत्सव सुरु भएको वरिष्ठ सिने पत्रकार विजयरत्न तुलधारले स्वागत मन्तव्य दिने क्रममा बताएका थिए । 


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवका आयोजकलाई दाहालले धन्यावाद दिँदै विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताए । 


महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिए । अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताए । 


कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराएका थिए । 


प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने जानकारी दिएका थिए । 


यस महोत्सवका लागि विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । 


राष्ट्रियसभा गृहमा भइरहेको महोत्सव चार दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ । 


महोत्सवकाबेला चलचित्र निर्माण गर्ने निर्माता, निर्देशकसँग पनि अन्तक्र्रिया गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex