काठमाडौं । चितवनको भरतपुर उपमहानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको छ ।
समाजिक सञ्जालबाट आएको सो धम्कीप्रति नेपाली कांग्रेसले एक विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएको छ ।
नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।
कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न÷नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।
उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको थियो ।

Categorized in समाज