काठमाठौं । माईती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएका १७९ नेपालीलाई बुधवार काठमाडौं ल्याएको छ ।
भारतको मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजादै गरको अवस्थामा उनीहरुलाई माघ २३ गते उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।
भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको थियो ।
मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधवार काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उद्धार गरि ल्याइएको उनीहरुलाई माईती नेपालको काठमाडौंस्थित पुर्नस्थापना केन्द्रमा राखिने भएको छ ।
Categorized in राष्ट्रिय