काठमाडौं । स्वयम्भु परिक्रमा गर्ने बाटो कालोपत्र गर्न ढिलाई भएको भन्दै स्थानिय र धर्मालम्बीहरुले गुनासो गरेका छन ।
सांसद जिवनराम श्रेष्ठलाई उनीहरुले बुधवार गुनासो गरेपछि सांसदको नेतृत्वमा एक टोली बाटो परिक्षण गर्न गएका थिए ।
काठमाण्डौ महानगरपालिका वडा न. १५ स्थित स्वयम्भु परिक्रमा गर्ने सो बाटोको निरक्षणका लागि प्रदेश सभा सदस्य माननीय अष्ट लक्ष्मी शाक्य, काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्यहरु, जेष्ठ नागरिक, स्थानीय जनसमुदाय र ठेकेदार गएका थिए ।
निरिक्षणपछि सांसद श्रष्ठले आउँदो बैसाख मसान्त भित्र सडक कालोपत्रे गर्न प्रतिवद्धता जाहेर गरेका थिए । उनले सम्बन्धित निकाय संग छलफल भई सकेको जानकारी समेत दिएका थिए ।
सांसद श्रेष्ठले ठेकेदारलाई छिटो —छरितो र गुणस्तरीय रुपमा सडक निर्माण गर्न निर्देशन समेत दिएका छन ।
उक्त सडकमा रहेको नेपाली सेनाको बारूदखाना कार्यालयको प्रतीक्षालाय स्थानान्तरण गर्न सेनाको प्रतिनिधिसँग छलफल समेत गरिएको थियो ।
Categorized in समाज