१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुर सदर चिडियाखानमा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना


प्रकाशित: बुधवार, ८ फागुन २०७५, १२ः२० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । 


चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पु¥याउँदै आएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल (field marshal Sir John Chapple) को सम्मानस्वरुप बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको हो ।


मङ्गलबारदेखि सञ्चालनमा आएको सो केन्द्रको उद्घाटन वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले गरेको


सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक चिरञ्जीवी पोखरेलले बताए । 


तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर राणाले सन १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गर्नुभएको थियो । 


विसं २००७ को राजनीतिक परिवर्तनपछि यसको स्वामित्व नेपाल सरकारमा आएको थियो । 


विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानामा २०५२ देखि यसको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषले जिम्मा पाएको छ ।  


अहिले यहाँ वन्यजन्तु संरक्षण र व्यवस्थापन, संरक्षण शिक्षा र अध्ययन अनुसन्धान, मनोरञ्जन तथा प्रकृति संरक्षणबाट जनचेतना दिने कार्य हुँदै आएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक पोखरेलले जानकारी दिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex