२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विवादको घेरामा छायाँदेवी कम्पलेक्स, सम्पदा अभियान्ताका विरोधविच पत्रकार सम्मेलन


प्रकाशित: बुधवार, ८ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलस्थित सञ्चालनमा आएको छायाँदेवी कम्पलेक्सलाई लिएर पछिल्लो समय विवाद चुलिएपछि सम्पदा अभियान्ताहरुको चर्को विरोधविच पत्रकार सम्मेलन गरेको छ । 


मंगलवार आयोजित पत्रकार सम्मेलनमा छयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले पुरातात्विक क्षेत्रमा अतिक्रमण नगरेको दावी गरेको छ ।


सञ्चालनमा आईसकेको छायाँ सेन्टर कानुनी रुपमा व्यवस्थित भएको निर्देशक श्रेष्ठले बताएपनि सम्पदा अभियान्ताहरुको आफ्नै तर्क र दावी रहेको छ । 


ऐतिहासिक सम्पदाको पोखरी कब्जा गरेर छायाँ सेन्टर निर्माण गरेको सम्पदा अभियान्ता तथा स्थानीवासीहरुको भनाई छ । 


छाया सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठले आफूसँग लालपुर्जा भएको पत्रकार सम्मेलनमा बताएपछि अभियान्ताहरु आक्रोशित बनेका थिए । 


सम्पदा अयिभान्ताहरुले यो निजी गुठी होइन, राजगुठी हो, राजगुठीको लालपुर्जा नहुने, गुठी संस्थान ऐन अनुसार खारेज हुने भन्दै विरोध गरेका थिए । 


पत्रकार सम्मेलनका विच अयिभान्ताहरुले नेपाललाई छायाँ सेन्टरले चिनाउँदै, ऐतिहासिक सम्पदाले विश्वमा चिनाउँछ भन्दै आफूहरु व्यक्ति विशेषको विरोधी नभएको बताएका थिए । 


स्थानीय सार्थसिंह बाहु गुठीका भागवत नरसिंह प्रधानले राजगुठीमा लालपुर्जा नुहुने भएकोले ऐनअनुसार खारेज हुने व्यवस्था रहेको जानकारी दिए । 


छाया सेन्टरमै भएको सो पत्रकार सम्मेलनमा अभियन्तालाई बाहिरिएपछि छयाँ सेन्टरका निर्देशक श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफ्ना भनाईहरु राखेका थिए ।


उनले पत्रकार सम्मेलनमा अर्बौ लगानी भएको कम्पलेक्स विरुद्ध यो षडयन्त्र भएको बताए । उनले सो ठाउँमा पाखेर भएपनि तर केशर शमशेरले नौका विहार गर्ने ठाउँ भएको बताएका थिए । 


निर्देशक श्रेष्ठले नकारात्मक प्रचारको हावी भएको अरोप लगाएका छन । जिल्ला अदालतको आदेश, पुनरावेदनको आदेश र नगरापालिकाबाट नक्सा पास गरेर आफूहरूले भवन निर्माण गरेको उनले दावी गरे । 


तर अभियान्ता तथा गुठियार प्रधानले अदालतको फैसलामा त्रटि भएको भनेर आफूहरूलाई सर्बाेच्चले निस्सा दिएको दावी गरेको छ । 


सर्वोच्च्मा मुद्धा रहेको र अन्तिम फैसालाई अदालतले गर्ने भएपनि जबरजस्ती भवन बनाएको प्रधानले बताए । 


ठमेलेको सिंह सार्थबाहु गुठीको नाममा भएको पाखरी १९७७ सालमा केशर शमशेरले आफ्नो कम्पाउन्डभित्र पारेका प्रधानले बताए ।  कम्पाउन्डमा पारेबापात वर्षमा १ सय २५ रुपैयाँ दिने सहमति भएको सोपोखरी २०२७ सालमा सुकाएर केशर शमशेरका छोरा केयुरले खेत रोपेका थिए ।


२०३९ सालमा सो पोखरीको मोही दर्ता गरेका थिए । पोखरीमा मोहियानी हक नलाग्ने भन्दै गुठीले समेत रैतानी बदर गरिदिएको थियो ।


अभियन्ताहरुको यी प्रमाणहरु पेश गर्दै छायाँ कम्पलेक्स सञ्चालन भएदेखि सो विरुद्ध अभियान चलाईरहेको छ । 


छायाँदेवी कम्पलेक्स समुहले भने पत्रकार सम्मेलनमा आदालती प्रमाणहरु सबै आफ्नो पक्षमा भएको बताएका छन । 


कम्प्लेक्समा बैंकर पृथ्वीबहादुर पाँडे,  महेश्वर श्रेष्ठ र सुमन पाँडे लगायत समूहको लगानी छ । निर्माण पूरा भएर काठमाडौं महानगरपालिकाले भवन निर्मा ण सम्पन्नको प्रमाणपत्र दिइसकेपछि विवादमा ल्याइएको कम्पनीको दावी छ ।


हाल छायाँ सेन्टरमा मल्टिप्लेक्स थियटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय छन । 


१५ रोपनी क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा तीन सय भन्दा बढी गाडी पार्किङ गर्न सकिने छायाँ सेन्टरले जनाएको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex