४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अकुत सम्पति कमाएका रिजालविरुद्ध अख्तियारको मुद्दा


प्रकाशित: सोमबार, ६ फागुन २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । अकुत सम्पति कमाएका राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 
आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु २ करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो । 


रिजालविरुद्ध अयोगमा अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो । 


आयोगले रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex