काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ को पोष्टरमा प्रहरीको नजर परेको छ ।
चलचित्रको पोष्टरमा रक्सीको एउटा ब्राण्डको प्रचार भएको प्रहरीमा गुनासो आएपछि प्रहरीले सो पोष्टर हटाउन निर्देशन दिएको छ ।
काठमाडौं प्रहरी परिसर, टुेकुकाको अनुसार कानुन नियम अनुसार मदिराको विज्ञापन गर्न नपाईने भएकोले हटाउन भनेको हो ।
प्रहरीले आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन निर्देशन दिएको जनाएको छ ।
शुक्रवार देखि हलमा प्रदर्शनमा आएको सो चलचित्रमा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन ।
Categorized in मनोरन्जन