काठमाडौं । इण्डोनेशियाको सुराबाया शहरमा आईतबार तीन वटा चर्चमा आत्मघाती आक्रमण भएको सामाचार ऐजेन्सीहरुले बताएको छ । सो आक्रममणमा परि अहिलेसम्म ९ जनाको मृत्यु भईसकेको छ ।
पुलिस अधिकारीहरुका अनसुसार विहान साढे सात बजे आक्रमण भएको हो । आक्रमण धेरैको संख्यामा घाईते तथा हाताहाती भएको छ ।
अहिलेसम्म कुनै चरमपन्थी संगठनले सो घट्ना गराएको दावी गरेको छैन ।
इण्डानेशियाको गुप्तचर एजेन्सीले चरमपन्थी गुट ’जेमाह अंशारुत दौलाह’ ले घट्नाको जिम्मेवारी लएको जनाएको छ।
केही दिन अघिमात्र इण्डोनेशियाको जेलमा बन्दी रहेका इस्लामी चरमपन्थीहरुकसँगको मुठभेटमा पाँच सैनिकोको ज्यान गएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय