काठमाडौं । सरकारले एनालग टेलिभिजन सेवा बन्द नगरे उपकरण जफत गरी कार्वाही गर्ने चेतावनी दिएको छ ।
गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।
सरकारको निर्देशन विपतिर जानेहरुलाई कानुन बमोजिम कडा कार्वाही हुने सरकारी अधिकारीले बताएको छ ।
एनालगर प्रणालीका टेलिभिजन प्रसारणर विवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गर्ने तयारीमा सरकार देखिएको छ ।
सरकारले टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सो नीति लिएको छ । सोमबार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ ।
मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।
पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो ।
नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा रहेको अनुमान छ ।
एनागल बन्द भएर डिजिटाइजेशन भएपछि वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।
Categorized in प्रबिधि