काठमाडौं । दोलखाको कालिञ्चोक हिउँमा फसेका ७०० सय पर्यटकको प्रहरीले उद्धार गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।
प्रहरीले विभिन्न सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको जनाएको छ ।
संयुक्त टोलीले अझै पनि अझै उद्धार कार्य जारी राखेको छ ।
Categorized in समाज