काठमाडौं । राजधानीको भृकुटीमण्डस्थित यही फागुन २३ देखि २७ गतेसम्म १५ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ हुने भएको छ ।
नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले सो महत्वस हुन लागेको आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए ।
नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने मुल नाराका दिएएको यस मेलामा तेश्रो प्राङ्गारिक कृषि मेला २०७५ आयोजना समेत हुने भएको छ ।
मेलमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजको भनाई छ ।
नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षण हुने बताईएको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ ।
अयोजकले दिएको जानकारी अनुसार प्रदर्शनीमा २०० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्नुका साथै सात करोड रुपैयाँ बढिको कारोबार हुने अनुमान गरिएको छ ।
Categorized in बजार