काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुससहित कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि घुस रकम मागेका हो ।
इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आईतबार कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
Categorized in समाज