१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

न्यूरोडलाई नमुना व्यापारिक केन्द्र बनाउन आग्रहः मन्त्री यादव


प्रकाशित: आईतबार, ५ फागुन २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । व्यापारिक केन्द्र न्यूरोडलाई उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले न्युरोडलाई नमुना व्यपारिक केन्द्र बनाउन व्यवसायीहरुलाई एकजुट हुन आग्रह गरेको छ । 


आईतबार खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौँ अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा मन्त्री यादवले समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका बताएका छन । 


मन्त्री यादवले न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुन आग्रह समेत गरेका थिए । न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्नेमा मन्त्री यादवले जोड दिए । 


सो बार्षिक सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । 


मेयर शाक्यले व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको र फुटपाथ मुक्त शहर निर्माण गर्न गर्ने अभियानमा महानगर रहेको जानकारी दिए । 


महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए । 


त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको दैनिक व्यापार घाटा रु तीन अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्नेमा जोड दिए । 


कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर लगायतका समस्या समाधानका लागि सरकार ध्यानाकार्षण गराएका थिए । 


सो कार्यक्रमा आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने भनाई राखेका थिए ।  


खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । 


सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । 


विसं २०६३ मा स्थापना भएको सङ्घले साना व्यवसायीको हकहितमा काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले सो कार्यक्रममा बताएका थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex