१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु


प्रकाशित: आईतबार, ५ फागुन २०७५, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.ले बागलुङ–काठमाडौं भिआईपी बस सेवा सुरु गरेको छ । 


विशेष भिआईपी सुविधा भएको बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ । 


बीस सिट क्षमताको बस आईतबारदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । 


बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु गरिएको अध्यक्ष अधिकारीले बताए । 


धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो । 


बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । 


अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex