४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चट्याङ लागेको एकको मृत्यु, १० जना घाईते


प्रकाशित: आईतबार, ५ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं ।  चट्याङ लागेर पाँचथरमा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएको प्रहरीले जनाएको छ ।


शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा दिउँसोको समयमा चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । 


चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएको र हाल उनको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको प्रहरीले जनाएको छ । 


त्यसैगरी चट्याङ परी घाईते हुनेहरुमा जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठ घाइते भएका छन । 


स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex